(Thursday , 16 April,2026)

चेम्बरको सुझाव

बजेटलाई वितरणमुखी नभई उत्पादनमुखी बनाउनमाग

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष आग्रह गरेको छ । आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ ।

अर्थमन्त्री डा. महतलाई चेम्बरले दिएको सुझावमा भनिएको छ, ‘गम्भिर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीहरुलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्नेगरी बजेट तर्जुमा गरिनुपर्दछ, ।’

अर्थमन्त्री डा. महतसमक्ष चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले विनियोजित बिकास बजेटलाई समयवद्ध तालिका अनुसार कार्ययोजना बनाएर खर्च गर्न माग गरेका छन् । उनले भने, ‘विद्यमान अर्थ व्यवस्थामा संकुचित मौद्रिक नीतिले व्यापारको असहजिकरण र नियन्त्रणमुखी आर्थिक नीतिहरुको नकारात्मक प्रभावले गम्भिर आर्थिक शिथिलता उत्पन्न गरेको छ । अवको बजेट उत्पादनमा केन्द्रीत गर्न आवश्यक छ, ।’

चेम्बरले करको दायरा बढाउन समेत अर्थमन्त्री डा. महतलाई सुझाव दिएको छ । लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको भन्दै अध्यक्ष मल्लले करको दायरा वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको हो । नागरिकता बितरण गर्दा सगैैं प्यानकार्ड पनि दिने व्यवस्था गर्नुपर्ने अध्यक्ष मल्लले बताए । 
भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै चेम्बरले भन्सार प्रयोजनका लागि सन्र्दभ मुल्यलाई खारेज गरी कारोबार मुल्यलाई मान्यता दिन समेत

आग्रह गरेको छ । यस्तै भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको क्वारेन्टाईन ल्याव राख्न समेत चेम्बरको सुझाव छ । 
यस्तै मुल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने र आम उपभोग्य बस्तु र विलासिताका वस्तुहरुमा फरक दर कायम हुनुपर्नेमा पनि चेम्बरले सुझाव दिएको छ । 

चेम्बरले ब्यक्तिको सम्वन्धमा ८ लाख रुपैयाँ र दम्पत्तिको सम्वन्धमा १२ लाख रुपैयाँ सम्मको आम्दानीमा कर छुट दिन समेत अर्थमन्त्रीसमक्ष माग गरेको छ । नकारात्मक सूचीमा रहेका रक्सी, वियर एवं सुर्तीजन्य पदार्थ आदिको उत्पादन बाहेक सवै प्रकारका उत्पादनहरुमा अन्तशुल्क हटाउन समेत चेम्बरले माग गरेको छ । 

मुलुकमा रहेका प्राकृतिक श्रोत साधन र जडीबुटीजन्य वस्तुहरुको समुचित प्रर्वद्धन गर्न कानुन बनाई अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । 

चेम्बरले बाँझो जमिन सदुपयोग नीति बनाएर बजेटमा बिशेष व्यवस्था गर्न आग्रह गरेको छ । चेम्बरले दिएको सुझावमा भनिएको छ,‘बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनीकीकरण, यान्त्रीकरण एवं बैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाईनुपर्दछ, ।’चेम्बरले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन ब्रोकर लाईसेन्स बिना घरजग्गा कारोबार गर्न नपाउने व्यवस्था गर्न समते अर्थमन्त्री डा. महतको ध्यानाकर्षण गराएको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal