(Wednesday , 22 April,2026)

१ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत

mountainejournal.com

mountainejournal.com

काठमाडौं । लगानी बोर्डको ५३औं बैठकले ५ वटा जलविद्युत परियोजनाको लागि १ खर्ब ४६ अर्ब २२ करोड वैदेशी  २१ अर्ब ३७ करोड स्वदेशी गरी कूल १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको छ । 

लगानी बोर्डको कार्यालय, नयाँ बा नेश्वरमा सम्पन्न बोर्ड बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लागि  ९२ अर्ब ६८ करोड बराबरको लगानी स्वीकृत गर्नुका साथै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौताको सहमतिको दस्तावेज तयार पारेर बोर्ड समक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेकोछ । 

त्यसैगरी , १०२ मेगा वाटको माथिल्लो मर्स्याङ्दी –१ जलविद्युत परियोजना को  ३३ अर्ब १९ करोड रुपैयाँ ७० मेगा वा टकोदुधको सी –२ (जलेश्वर) जलविद्युत परियोजनाको रुपैयाँ २० अर्ब ३५ करोड ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजना को  १३ अर्ब ४४ करोड रुपैयाँ र ४३ मेगा वा टको अप्परमा दी खोला जलविद्युत परियोजनाको लागि ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ ।

बैठकले लगानी बोर्डको ५०औं बैठकको निर्णया नुसा र डिआइएजी इन्टस्टिज जीएमबिएच ग्रारम्यानले रासायनिक मलकारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेश गरेको प्रस्ताव अनुसार विकासकर्ता सँग सम्पन्न  गरिने समझदारी पत्र र डाबर नेपालको पूँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारी पत्रको मस्यौदा लाई स्वीकृत गरेको छ । यसैगरी ग्रिन हरियो क्याल्सियम अमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको रिनिकोला होल्डिङ्गस् एसडिएन विएडीले पेश गरेको प्रस्तावलाई स्वीकृति गरेको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णया नुसा र पश्चिम सेती र सेती नदी –६ जलविद्युत् परियोजनाको विकासका लागि एनएचपिसी लिमिटेड इण्डियासँग भएको समझदारी पत्रका व्यवस्था अनुरूप प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्बन्धमा विकासकर्ताले गरेका कार्यहरुको जानकारी लिदैं विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश गरेको छ ।

त्यस्तै बोर्डले तमो र जला शययुक्त परि यो जना , लजि ष्टि क परि यो जना हरु र भेहिकल म्यानुफ्या क्चरिङ एसेम्ब्लीप्लान्टको प्रगतिका सम्बन्धमा जानकारी लिएको छ । यसैगरी बोर्ड बैठकले २०८० सालमा आयोजना गर्न लागेएको लगानी सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न आवश्यक पूर्व तयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।

बैठकमा प्रधानमन्त्रीले सरोकारवाला निकायलाई प्रभावकारी रूपमा समन्वय र सहकार्य गरी नतिजादेखिने गरी काम गर्न निर्देशन दिएका छन् ।  परियोजनाको लागि जग्गा प्राप्ति , स्थानीयका मागका सम्बोधन जस्ता विषयहरुका कारण परियो जना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढि रहेको हुनाले यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरुले एकिकृत भएर कार्य गर्न निर्देशन दिए । 

बैठकमा अघिल्लो बो र्ड बैठकले नि र्देश गरे बमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले सम्पादन गरेका प्रमुख कार्यहरुको सम्बन्धमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराउनु भएको थियो । परियो जनाहरुको विकास र सहजी करणका सन्दर्भमा लगा नी बोर्डको निर्देशन बमोजिम लगानी बोर्डको कार्यालय उच्च मनोबलका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  
उक्त अवसरमामा अर्थमन्त्री तथा बोर्डका उपा ध्यक्ष; मा . ऊर्जा , जलस्रो त तथा सिं चासिई मन्त्री ; उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री,  कृषि तथा पशुपंक्षी विकास मन्त्री ; नेपाल सरकारका मुख्य सचिव; नेपाल राष्ट्र बैंकका गभर्नर; बोर्डका विज्ञ सदस्यहरू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थि ति रहेको थियो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal