(Wednesday , 22 April,2026)

५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा

mountainejournal.com

mountainejournal.com

काठमाडौ । ५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाएको छ ।  महानगरपालिकाको सहकारी विभागले चालु आर्थिक वर्षमा मात्र यस्ता ५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाएको हो । महानगरपालिकाको सहकारी विभागका उप–निर्देशक विमला कोइरालाले बचत कर्ताको बचत फिर्ता नदिइदा बाध्य भएर प्रहरीको जिम्मा लगाउनु परेको जानकारी दिइन् ।

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र काठमाडौं महानगरपालिका सहकारी विभागको संयुक्त आयोजनामा गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोइरालले पछिल्लो समय महानगरभित्र सहकारीहरुले बचतकर्ता सदस्यको बचत रकम फिर्ता नदिने, बचत लिएर फरार हुने जस्ता घटना बढ्दै गएको बताइन् । 

बचत रकम फिर्ता माग्ने लगायतका सयौंको संख्यामा उजुरीहरु परिरहेको उनले बताइन् । कोइरालले भने,‘ सम्भव भएसम्मका सहकारीका विवाद महानगरभित्र नै समाधान गरेर पठाउने गरेको छ ।  केही गर्दा पनि समाधान ननिक्लने, अटेर गर्ने संस्थाहरुलाई प्रहरी कहाँ पठाउन बाध्य छौँ ।’ चालु आर्थिक वर्षमा मात्र यस्ता ५८ वटा सहकारी संघ संस्थालाई प्रहरीको जिम्मा लगाइएको उनले जानकारी गराइन् । कार्यक्रममा काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ काठमाडौंका अध्यक्ष समेत रहेका सहकारी बैंकका सञ्चालक मनोज थापाले अहिलेको समस्या सहकारीका कारणले मात्र नभएर विश्वव्यापी रुपमा नै आएको आर्थिक मन्दीका कारण रहेको बताए । 

कार्यक्रममा काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) की कोषाध्यक्ष सिमा पुरीले अहिलेको स्थिति कसैका कारण नभएर वित्तीय संकटले निम्त्याएको बताउँदै पहिला सहकारी अभियान बचाउन लाग्नुपर्ने बताइन् । सहकारीले बचत रकम फिर्ता गर्न नसकेको भन्दा पनि तत्कालका लागि तरलता सहजिकरण गर्न सहयोग गरेर विश्वास बढाउनतर्फ लाग्नुपर्ने बताइन् ।

सदस्यहरुले पनि समयको कठिनाइ बुझेर बचत झिक्न भन्दा सहकारी बचाउन लाग्नुपर्ने उनको भनाइ थियो । सदस्यले विश्वास गरेको हकमा मात्रै संस्था बच्ने भन्दै अविश्वासको हावाहुरी सहकारी भित्र छिरे २५–३० प्रतिशत तरलता लिएर बसेका संस्थापनि समस्यामा पर्नसक्ने उनको भनाइ छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal