बैंक बिदा - २०७९
७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालका लागि बैंक तथा वित्तीय संस्थालाई बिदा दिने सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको सूची अनुसार २०८० सालमा कम्तीमा ३४ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् ।
राष्ट्र बैंकले दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिने उल्लेख गरेको छ । अन्य जातजाति, क्षेत्र अनुसारका चाडपर्वहरुमा पनि सम्बन्धित क्षेत्रका वासिन्दा वा समुदायहरुका लागि बिदा हुने राष्ट्र बैंकले बताएको छ ।
प्रतिक्रिया