(Tuesday , 21 April,2026)

उपत्यकाका सडक समयसीमा भित्र सक्ने निर्माण व्यवसायीद्वारा लिखित प्रतिवद्धता

mountainejournal.com

mountainejournal.com


 काठमाडौं ।  निर्माण व्यवसायीले उपत्यकाका सडक निर्माण गर्ने योजना समय सीमामा सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका गरेका छन् । बिहीबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय नारायणकाजी श्रेष्ठको उपस्थिति र निर्देशनमा मन्त्रालयका सचिव,  विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा  निर्माण व्यवसायीबीच मन्त्रालयमा एक संयुक्त कार्यक्रममा व्यवसायीले प्रतिवद्धता गरेका हुन् ।  
सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन  प्रस्तुत गरेका थिए ।  उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तततत् समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन्  ।  आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।उपप्रधानमन्त्री श्रेष्ठले भने,‘विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ ।’ अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी मन्त्री श्रेष्ठले बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal