(Thursday , 05 March,2026)

दूतावासहरूलाई उच्च सतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिएका हुन् । उनकाअनुसार बैठकमा मन्त्रीहरुले खाडी मुलुकमा तनाव बढ्दा नेपालको विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको ब्रिफिङ गरेका छन् । उनले प्रभावित क्षेत्रका लागि आधिकारिक ट्राभल एडभाइजरी जारी गरिएको जानकारीसमेत गराए । 

ट्रान्जिटमा परेका नेपाली कामदार तथा उपचारका लागि गएका बिरामीहरूलाई परेको असुविधा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूसँग समन्वय गरी उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको समेत मन्त्री शर्माले जानकारी दिए । 

उनले भने, ‘नेपालबाट बाहिर जाने श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको समस्याको समाधान भइसकेको छ । श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरेको विमानस्थलमा देखिएको समस्याको समाधान गरिसकेको छ । ट्राभल एड्भाइजरीहरु प्रकाशन भइसकेका छन् । अर्को, सम्बन्धित मुलुकमा गएर ट्रान्जिटमा परेका नेपाली कामदारहरु र प्यासेन्टहरुलाई भएको असुविधाबारे पनि छलफलहरु भए । उहाँहरुको सुविधाको लागि हरेक देशका राजदूतावासका राजदूतहरुसँग समन्वय गरेर गन्तव्यमा पुर्‍याउने तथा जान नसक्नेहरुलाई सम्बन्धित कम्पनीले नै रेखदेख गर्नेगरी समन्वय भइसकेको छ ।’

उनले हालसम्म मध्यपूर्वमा रहेका नेपाली नागरिकमध्ये कसैको पनि हताहत नभएको र सुरक्षाका आवश्यक प्रबन्ध मिलाइसकिएको जानकारी गराए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal