(Sunday , 15 March,2026)

१८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

mountainejournal.com

mountainejournal.com

  काठमाडाैँ । पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा बुधबारदेखि प्रदर्शन सुरु भएको हो । मेलामा ९० वटा स्टल राखिने छ । प्रदर्शनीमा गोदावरी फूलको प्रजातिका फूल बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिएका छन् ।  

सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै सजावटका बोटबिरुवासमेत प्रदर्शनीमा बिक्रीवितरण भइरहेको छ । प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ । फ्यानले प्रत्येक वर्ष तिहारका बेला मेला आयोजना गर्ने गरेको छ । मेला आगामी कात्तिक २ सम्म चल्ने छ । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal