(Tuesday , 28 April,2026)

४ मन्त्रीले लिए सपथ

mountainejournal.com

mountainejournal.com

काठमाडौं । अन्तरिम सरकारमा थप चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनील कुमार सिन्हा, महावीर पुन, मदन परियार, जगदीश खरेललाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ गराएका हुन् । पूर्वन्यायाधीश सिन्हालाई तीन वटा मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको थियो । यस्तै पत्रकार खरेलल सञ्‍चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए ।

डा. परियार कृषि विकास तथा पशुपंछि मन्त्री नियुक्त भएका छन् । उनी कृषि विज्ञ हुन् । वैज्ञानिक पुन शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले यसअघि ‌ओमप्रकाश अर्याललाई गृह, रामेश्वर खनाललाई अर्थ र कुलमान घिसिङलाई ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् । यससँगै कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal