(Saturday , 02 May,2026)

तीन करोड भन्दा कमका टुक्रे आयोजना रोक्का

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएका ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कानुन नपुर्‍याई वा राजनैतिक दवावमा ३ करोडभन्दा माथि बिनियोजन गरेका केही आयोजनाहरु रोक्का राख्ने निर्णय गरेको हो । आयोजना बैंकमा प्रविष्ट नभएका, एलएमबीआईएसमा प्रविष्ट गरेर आयोजना बैंकमा पछि राखिएका, राजनीतिक दबाबमा राखिएका आयोजना रोक्का राख्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

यसबाट चालु खर्चसहित १ खर्ब २० अर्ब रुपैयाँ बराबर रकम बच्न सक्ने देखिएको अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि बताएका दिए । यस्तै, सरकारले पुनर्निर्माण कोष खडा गर्ने निर्णय समेत गरेको छ । कोषमा नेपालभित्र र बाहिरबाट पनि रकम योगदान गर्न सकिने व्यवस्था छ । बैंक तथा वित्तीय संस्था, औद्योगिक प्रतिष्ठानले सीएसआरको रकम राख्न पाउने र त्यसमा कर कट्टी समेत गर्न सकिने निर्णय गरिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal