(Friday , 01 May,2026)

कर्जाको ब्याज अनुदानलाई ९ अर्ब ८० करोड निकासा

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानालाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम शनिबार अर्थात असोज ४ को अर्थमन्त्रीस्तरको निर्णयानुसार कर्जाको ब्याज अनुदानलाई लागि ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को स्वीकृत वार्षिक कार्यक्रममा सहुलियतपूर्ण कर्जा ब्याज अनुदान प्रयोगको लागि दोस्रो त्रैमासिक अवधिमा विनियोजित रकमलाई कार्यक्रम संशोधनमार्फत प्रथम त्रैमासिक कायम गरी विगत सात (७) वटा त्रैमासिकमा उपलब्ध गराइएको कर्जाको ब्याज अनुदान नेपाल राष्ट्र बैंकलाई सोधभर्ना उपलब्ध गराउन निर्णय हो ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal