(Friday , 01 May,2026)

पुँजी बजारको सुधारका लागि सुझाव कार्यदल गठन

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि सुझाव कार्यदल गठन गरेका छन् । बिहीबार तीन पटक ऋणात्मक सर्किट ब्रेकर लागेर नेप्से १६० अंकले घटेपछि शुक्रबार अर्थमन्त्री खनालले धितो पत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेका हुन् ।


कार्यदलका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल छन् । कार्यदलको सदस्य सचिवमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन् ।

‘पुँजी बजारमा विकसित विसङ्गति तथा समस्याको अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोवल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन योजना पाँच दिन भित्र प्रस्तुत गर्ने प्रयोजनार्थ नेपाल सरकार (अर्थमन्त्रीस्तर)को ०८२ असोज ३ को निर्णयअनुसार कार्यदल गठन गरिएको छ,’ अर्थ मन्त्रालयको पत्रमा भनिएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal