काठमाडाैँ । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना जारी गर्दै सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको हो। सेनाले तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको पनि जनाएको छ।
प्रतिक्रिया