काठमाडौँ । सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार २ सय बढेको छ भने चाँदी पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदी दुई हजार ३ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बिहीबार प्रतितोला सुन एक लाख ९९ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो भने चाँदी दुई हजार ३ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा शुक्रबार प्रतिऔँस सुन तीन हजार ४०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया