काठमाडौं । सरकारको पूर्णस्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि ४ करोड ७७ लाखका खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी गरेको छ । कम्पनीले सो बजेटमा १ हजार ३ सय ८३ वटा खसीबोका र च्यांग्र खरिद गर्ने तयारी गरेको हो ।
दशैंको समयमा खसीबोका माग बढ्ने हुँदा बजार मूल्य नियन्त्रण गर्ने उद्देश्यले कम्पनीले रहेक वर्ष विभिन्न जिल्लाबाट खसीबोका र च्यांग्रा संकलन गरी काठमाडौँमा बिक्री गर्दै आएको छ ।
कम्पनीले सोही कार्यक्रमलाई निरन्तरता दिदै यो वर्षको दशैंका लागि १ हजार ३ सय ८३ वटा खसीबोका र च्यांग्र खरिद गर्ने तयारी गरेको कम्पनीका प्रमुख अधिकृत रमेश आचार्यले जानकारी दिए । उनका अनुसार १ हजार १ सय ९९ वटा खसीबोका र १ सय ४८ वटा च्यांग्रा ल्याउने कम्पनीको अन्तरिक निर्णय भएको छ । १ हजार १ सय ९९ वटा खसीबोका खरिद गर्न ३ करोड रुपैयाँ र १ सय ४८ वटा च्यांग्रा खरिदका लागि १ करोड ७७ लाख रुपैयाँ बजेट छुट्याएको उनले जानकरी दिए ।
यसैगरी उनका अनुसार यस पटक कम्पनीले अनलाइनमार्फतबाटै खसीबोका खरिद गर्न सक्ने व्यवस्था कम्पनीले गर्दै छ ।
अनलाइनमार्फत खसीबोका खरिद गर्न सक्ने प्रणाली भए हुँदा विगतका जस्तो खसीबोका विक्री नभएर लामो समय नरहेन अपेक्षा कम्पनीको छ । अनलाइनमार्फत खसीबोका विक्री गर्न सफल भए भने कम्पनीले आवश्यकता अनुसार खसीबोका थप गर्न सक्ने प्रमुख आचार्यले कारोबारलाई जानकारी दिए । गत वर्ष भन्दा कम्पनीले यस पटक कम खसीबोका र च्यांग्रा ल्याउने लागेको छ ।
समयमा सबै खसीबोका विक्री नभएपछि यस यो पनि खसीबोका घटाएको छ । कम्पनीका कम्पनीले गत वर्ष १ हजार ८ सय वटा खसीबोका र च्यांग्रा खरिद गर्ने निर्णय गरेको गरेको थियो । जसमा १ हजार ५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने निर्णय कम्पनीले गरेको थियो । जसका लागि दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न यसपटक कम्पनीले ३ करोड ६९ लाख बजेट छुट्याएको थियो । जसमा कम्पनीले यो दशैंका लागि १ हजार ४ सय खसीबोका र ३ सय च्यांग्रा विभिन्न जिल्लाबाट खरिद गरी खाद्य कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट विक्री गरेको थियो ।
गत वर्ष कम्पनीले खसीबोकाको मूल्य १० रुपैयाँ छुट दिएर प्रतिकिलो ६६० रुपैयाँ तोकिएको थियो भने च्यांग्रामा पनि १० रुपैयाँ छुट थियो । च्यांग्राको मूल्य प्रतिकिलो १ हजार २ सय २० रुपैयाँ तोकिएको थियो । खसीबोकाको गत वर्ष अघिल्लो वर्षकै मूल्य कायम गरेको थियो । यस्तै च्यांग्रा ३० रुपैयाँ सस्तो दिएको थियो । अघिल्लो वर्ष पनि च्यांग्रा बिक्री नभएर लामो समय पाल्नुपरेको हुँदा यो गत वर्ष कम्पनीले मूल्य केही घटाएको थियो ।
अघिल्लो वर्ष कम्पनीले दशैंलाई खसीबोका र च्यांग्रा खरिद गर्न ८ करोड ३३ लाख बजेट छुट्याएको थियो । यो बजेटमा ३ हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य राखेको थियो । गत वर्ष कम्पनीले अघिल्लो वर्षको तुलनामा ४ करोड ६४ लाख रुपैयाँ बजेट घटाएको छ भने खसीबोका र च्यांग्रा खरिद गर्ने कोटा पनि घटाएको थियो । कम्पनीले अघिल्लो वर्ष दशैंलाई ३ हजार खसीबोका र च्यांग्रा खरिद गर्ने लक्ष्य राखेकोमा २ हजार २०१ मात्र ल्याएको थियो ।
प्रतिक्रिया