काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८१÷८२ मा मोबाइल खाद्य प्रयोगशाला भ्यानद्धारा बजार अनुगमन गरी ७ सय २३ वटा नमूना विश्लेषण गरेको छ । विभागले लामो समय देखि विभागको चौरमा थन्किएको भ्यानद्धारा सञ्चालनमा ल्याइ आवमा २०८१÷८२ मा १६४ व्यवसायको अनुगमन गरी ७ सय २३ वटा नमूना विश्लेषण गरेको हो ।
नमुना विश्लेषण विभाग र विभाग अन्तरगतका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर, धनगढीले बजार अनुगमन गरी नमुना विश्लेषण गरेको थियो । विभागका अनुसार यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगरले १२ पटकमा ४६ व्यवसाय अनुगमन गरी २४ वटा नमूना विश्लेषण गरेको छ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले १० पटकमा १०० व्यवसाय अनुगमन गरी ९७ वटा नमूना विश्लेषण गरेको विभागले जनाएको छ । विभागका अनुसार कैफियत देखिएका नमूना जफत, नष्ट तथा तत्काल सुधारका लागि निर्देशन दिइएको र कैफियत देखिएको व्यवसायी उपर मुद्दा दायरी गरिएको छ ।
होटल लोगो स्तरीकरण
यस आर्थिक वर्ष २०८१÷८२ को वार्षिक अवधिमा ३५ पटकमा २१४ वटा होटल रेस्टुरेन्टको स्तरीकरण गरी लोगो वितरण गरिएको थियो । स्तरीकरण कार्यक्रम अन्तर्गत ४१ वटा अति उत्तम, ५९ वटा उत्तम, ६१ वटा सतोषजनक, ३१ वटा सामान्य समूहमा होटल रेस्टुरेन्ट स्तरीकरण भएका र २२ वटा स्तरीकरणमा नपरेका थिए ।
प्रतिक्रिया