(Wednesday , 29 April,2026)

इन्धनकाे मूल्य घट्याे

mountainejournal.com

mountainejournal.com

्काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल/मट्टितेलमा १/१ रुपैयाँ घटाएको जनाएको छ । 


मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १ सय ४५ रुपैयाँ ५० पैसा, १ सय ४७ रुपैयाँ र १ सय ४८ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १ सय ५७ रुपैयाँ ५० पैसा, १ सय ५९ रुपैयाँ र १ सय ६० रुपैयाँ तोकिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएकाे छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal