(Friday , 17 April,2026)

किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । सरकारले १४ जना किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार दिएको छ ।  कृषि तथा पशुपन्छि विकास मन्त्रालयको आयोजनामा मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलद्धारा पहिलो पटक सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई गरी १४ जना किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक २ लाख रुपैयाँ सहित पुरस्कार दिएको हो ।

मन्त्रालयले आर्थिक वर्ष २०७१÷०७२ देखि किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार दिदै आएको भएता पनि राष्ट्रपतिद्धारा भने पहिलो पटक  दिएको हो ।  पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता ( आर्य कृषि फर्म)र रमेश साह (रमेश कृषि फर्म ) मधेस प्रदेशवाट भरत कुमार यादव( शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर ( निजगढ केरा एग्रीकल्चर ) छन् ।

यस्तै  वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल ( कालिका पशु विकास केन्द्र ) र दयाराम मचामसि ग्रीनलाईन एग्रो प्राली ) गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ ( ङवाङ हिसी कृषि तथा पशुपन्छी  अर्गानिक फर्म ) र बाटुली तिवारी( मित्र वाटिका कृषि फर्म ) , लुम्बिनी प्रदेशवाट जयपाल मौर्य( खाधन्न वाली) र सुवास कुर्मी ( शान्ती उन्नत  पशुपालन तथा माछा फर्म ) छ्न ।

त्यस्तै कर्णाली प्रदेशवाट गोविन्द ओली ( तरकारी खेती ) र भरतनाथ योगी( सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी ( खप्तड पशुपन्छी तथा कृषि फर्म ) र लोकबहादुर थापा  ( कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली ) छ्न । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal