काठमाडाैँ । आर्थिक वर्ष २०८१÷८२ को चैत महिनासम्ममा राजस्व लक्ष्यको तुलनामा तुलनामा ८२.७२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थतन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत महिनासम्ममा ८ खर्ब ४१ अर्ब १३ करोड ३३ लाख राजस्व संकलन भएको हो ।
यस अवधिको राजस्व परिचालन लक्ष्य १० खर्ब १६ अर्व ८३ करोड ३३ लाख रहेकोमा लक्ष्यको तुलनामा ८२.७२ प्रतिशत राजस्व संकलन भएको मन्त्रालयले हो ।
मन्त्रालय कर राजस्व ७ खर्व ४४ अर्ब १३ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ भने गैरकर राजस्व तर्फ ८७ अर्ब २३ करोड ५४ लाख र अन्य प्राप्ती ९ अर्ब ७६ करोड २७ लाख रुपैयाँ संकलन गरेको अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक छ ।
प्रतिक्रिया