(Thursday , 16 April,2026)

कृषिमन्त्री अधिकारी र एफएओका विशेष प्रतिनिधिबीच भेटवार्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका  विशेष प्रतिनिधी डयानियल गुस्टाफसन वीच भेटवार्ता भएको छ ।  मन्त्री अधिकारीले सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५   पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई  मुल प्रवाहीकरणमा ल्याउनका लागि महत्वपुर्ण भुमिका खेलेको बताए ।  

नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण , आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने  अपेक्षा व्यक्त गरे ।  

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत कृषकसम्म सुरक्षित ,पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताए ।  उनले नेपालवाट उत्पादन हुने कृषि उत्पादनहरुको विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाईन क्षेत्र लगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गरे ।  

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्ल्ेख गर्दे जलवायु अनुकुलनका कार्यक्रमहरु मार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको  बताए । नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड । 
भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु , मन्त्रालयका सहसचिव हरिवहादुर के.सी लगायतको सहभागीता थियो । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal