काठमाडौं । सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर सोमबार पनि अर्को कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।
आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि भने एक लाख ६५ हजार छ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ ।
आइतबारको तुलनामा सोमबार चाँदी प्रतितोला २० रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबारका लागि भने दुई हजार ९५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया