काठमाडौं । सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेको छ ।
आइतबार सुनको मूल्य तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो । यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर छ । सोमबार चाँदीको मूल्य आइतबारको जस्तै तोलाको १ हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया