काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने बताए । मन्त्री चौधरीले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पो अन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा आयोजना गरेको सत्रको अध्यक्षता गर्दै बताएकी हुन् ।
नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको भन्दै उनले अहिले बिस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको बताए । मूलरुपमा संविधान जारी भएपछि राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएपनि अन्य क्षेत्रमा भने त्यसरी वृद्धि हुन नसकेको बताए । हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै उनले सात वटा मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताए ।
मन्त्री चौधरीले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर बन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताए । ‘वातावरण संरक्षण, स्थानीय समुदायको जनजीवनलाई पनि ध्यान दिनुपर्ने हुनाले सबै कुरालाई ध्यान दिनुपर्ने बाध्यता छ’, उनले भने नेपालमा पनि ऊर्जा बेचेर समृद्ध हुन सक्ने सम्भावना रहेको भन्दै उनले लगत्तै हुन लागिरहेको लगानी सम्मेलन पनि देशमा लगानी भित्र्याउने उद्देश्यले आयोजना गरिएको बताए ।
‘केही समय पहिले १० हजार मेगावाटको एग्रिमेन्ट भारतसँग भर्खरै भएको छ । लगानी गर्ने संस्था, व्यक्ति, युवाहरूमा नैराश्यता छाएको छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘हाम्रो देशमा पनि धेरै सम्भावना रहेको छ । त्यस कारणले हामी पनि ऊर्जा बेचेर धनी किन नहुने ?’
लगानीलाई प्रोत्साहन गर्नका लागि सरकारले लगानी सम्मेलनको आयोजना गरिएको भन्दै उनले सरल तरिकाले लगानी भित्राउनका लागि विधेयक पनि आइसकेकाले केही सहज हुने उनले बताइन् ।
मन्त्री चौधरीको क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेको उनको भनाइ थियो । महिला नेतृत्वका सन्दर्भमा बिस्तारै बढ्दै गएको भन्दै उनले भनिन् ‘लामो समयका लागि लगानी गर्ने ठुलो भएको भएकाले यसमा अलि गाह्रो पनि छ । सँगसँगै लगानी र बिजनेस मात्र नभएर त्यस क्षेत्रका स्थानीयको गरिबी न्यूनीकरण, सामाजिक विकासका लागि पनि तपाईंहरूले योगदान दिन आवश्यक छ ।’
उनीले महिलाको छवि केही न केही रूपमा अलि बढी इमानदार छन् भन्ने खालको छाप पनि रहेको दाबी गरिन् । ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता भित्र्याउनका लागि राज्यका तर्फबाट प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ थियो । त्यसका लागि आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता मन्त्री चौधरीले व्यक्त गरिन् । हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु भएको छ । विद्युत् खपत बढाउने सन्देशसहित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को आयोजनामा हिमालयन हाइड्रो एक्स्पो सुरु भएको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ¥यालीको उद्घाटन गरे । बिहान इभी ¥याली आयोजना गरी विद्युतीय सवारी प्रवद्र्धन र विद्युत् खपत बढाउने सन्देशसहित चौथो संस्करणको एक्स्पोको सुरुआत गरिएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।
¥याली उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले लगानी सम्मेलनलाई सार्थक बनाउने विश्वास व्यक्त गरे ।
इप्पान अध्यक्ष गणेश कार्कीले ‘हाम्रो बिजुली, हामी आफैँ खपत गरौँ’ भन्ने उद्देश्यले इभी ¥याली आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्ममा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य लिएको छ । त्यसका लागिसमेत विद्युतीय सवारी ¥यालीले थप प्रवद्र्धन हुने उनको आशा छ ।
प्रतिक्रिया