(Thursday , 16 April,2026)

भाइ मसला डेढ अर्ब मूल्यको आयात

संवाददाता

संवाददाता


काठमाडौँ । भाइपूजामा दिदी बहिनीले दाजुभाइलाई सगुगनका रुपमा दिने भाइ मसला डेढ अर्ब मूल्य बराबरको आयात भएको छ । भाइपुँजीमा दिदीबहिनीहरुले आप्mनो दाजुभाइलाई सप्तरङ्गी टीका लगाइदिएपछि सगुनका रुपमा नरिवल, काजु, बदाम, ओखर, किसमिस, छोकडा, पिस्ता लगायतका भाइमसला दिने प्रचलन रहेको छ । चालु आर्थिक वर्षमा गतवर्षको भन्दा भाइमसला आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिना (साउन, भदौ र ओसजमा)मा १ अर्ब ५० करोड ३४ लाख ७१ हजारको भाइमसला आयात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा भाइमसला आयात १ अर्ब १५ करोड ६ लाख ५७ हजार मूल्यको भाइमसला आयात भएको थियो । यो गतवर्षको तुलनमा यस आर्थिक वर्षको तीन महिनामा भाइमसला आयात ३४ करोड रुपैयाँ बढी  हो ।  विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको तीन महिनामा नरिवल ३१ करोड मूल्यको अयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिका नरिवल १९ करोड मूल्यको आयात भएको थियो । यसैगरी ओखर ७६ करोड मूल्य आयात भएको छ । 

गतर्षको २५ करोड मूल्यको आयत भएको थियो ।  यस वर्षको पहिलो तीन महिनामा बढेर ७६ करोडको आयात भएको हो । यस्तै काजु  १३ करोड बराबरको मात्र काजु आयात भएको छ । गतवर्ष ३० करोड मूल्यको काजु आयात भएको थियो । विभागको तथ्यांक अनुसार काजु गतवर्षको तुलनामा १७ करोड मूल्य बराबरको घटेको छ । 

यस्तै छोकडा गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यस आर्थिक वर्षमा केही बढेको छ । गतवर्षको पहिलो तीन महिनामा ६ हजारको मात्र भएको छोकडाको आयात यस आर्थिक वर्षमा २ लाख बराबरको आयात भएको छ । यस्तै बदामको आयात पनि बढेको छ । गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड बराबरको बदाम आयात भएको थियो । 

चालू आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ । यसैगरी किसमिस ९ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका सुरुको तीन महिनामा किसमिस ६ करोड बराबरको आयात भएको थियो । गतवर्षको तुलनामा ३ करोड बढीको किसमिस आयात भएको छ । यस्तै पिस्ता चालू आर्थिक वर्षको सुरुको तीन महिनामा ५ लाख बराबरको पिस्ता आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबको पिस्ता आयात भएको थियो । गतवर्षको तुलनामा पिस्ता निकै घटेको तथ्यांकले देखाएको छ ।  गत वर्षको तुलनामा पिस्ता ८४ लाख बराबरको आयात घटेको हो । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal