(Thursday , 16 April,2026)

घट्यो डिजेलकाे मूल्य

संवाददाता

संवाददाता

काठमाडौं नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट आएको नयाँ मूल्यमा डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । उनले घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागू जानकारी दिए । 

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि चाडपर्वको मुखमा उपभोक्ताको हित  मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको प्रवक्ता ठाकुरले बताए । उनले निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको बताए  । नयाँ मूल्य समायोजन पछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal