काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले प्रधानमन्त्रीलाई सुझाव पत्र सुझाएका छन् । संघले वित्तीय क्षेत्रमा माथी अराजकता फाइलाएको भन्दै मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै प्रधानमन्त्रीलाई सुझाव पत्र पेश गरेका हो । सुझाव पत्रमा निम्न कुरा उल्लेखित छन् । वाणिज्य बैंकहरुको विगत ५ वर्षको प्राथमिक पुँजीकोष अनुपात ३.१९ प्रतिशत विन्दुले घटेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रयमास सम्म आइपग्दा गत आर्थिक वर्षको चौंथो त्रयमासको तुलनामा समग्र वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १०८ प्रतिशतले वृद्धि भैसकेको र आगामी दिनमा शेयर बजार, घर जग्गा कारोबार लगायत अर्थतन्त्रका सबै प्रमुख क्षेत्रहरुमा देखिएको शिथिलता र माग तथा उपभोगमा आएको कमी एवम् अर्थतन्त्रमा देखिएको हालको शिथिलताको कारणले भविष्यमा निष्क्रिय कर्जा अनुपातमा थप वृद्धि हुन सक्ने देखिएको प्रेस विज्ञाप्तीमा उल्लेख गरेका छन् ।
बैंकिङ्ग क्षेत्रमा विद्यमान कर्जा नोक्सानी व्यवस्थामा पुनरावलोकन गर्ने (उदाहरणको लागि छिमेकी मुलुक भारतमा क्षेत्रगत कर्जाको आधारमा कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको र उक्त व्यवस्था नेपालको परिप्रेक्ष्यमा पनि समय सान्दर्भिक हुने देखिएकोले उत्पादनशिल क्षेत्रमा कम कर्जा नोक्सानीको व्यवस्था गर्ने र अन्य क्षेत्रमा साविक कर्जा नोक्सानीको व्यवस्था गर्ने नीतिगत व्यवस्था गर्न उपयुक्त हुने देखिएकोले छिमेकी मुलुक भारतको जस्तै कर्जा नोक्सानी व्यवस्थाको लागि आवश्यक पहलकदमी लिइदिनु पर्ने लगायतका विषय उल्लेख गरी माग पेश गरेको छ ।
अर्थतन्त्रलाई चलायमान बनाउन तत्काल गर्नुपर्ने कार्यहरुः
(क) गृह मन्त्रालयले गर्नुपर्नेः
विगत केही समयदेखि केहि व्यक्ति, समूह वा संघ संस्थाको आवरणमा बैंक तथा वित्तीय संस्थाहरु बिरुद्ध सुनियोजित रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं् गैरकानूनी क्रियाकलापहरुको कारण बैंक तथा वित्तीय क्षेत्र मात्र नभएर मुलुकको समग्र अर्थतन्त्रको लागि गम्भीर र चुनौतीपूर्ण अवस्था सृजना भइरहेको र पछिल्ला केही दिनदेखि विभिन्न जिल्लाहरुमा बैंक तथा वित्तीय संस्था बिरुद्ध धरपकड, दैनिक काममा खटिएका कर्मचारीहरु उपर दिनदहाडै सांघातिक आक्रमण गर्ने, बैंक वित्तीय संस्थाका कार्यालय बन्द गर्न गराउन दवाव दिने, बैंक वित्तीय संस्थाबाट लिएको कर्जाको साँवाब्याज नतिर्नका लागि दुरुत्साहन गर्ने लगायतका अवाञ्छित एवं् गैरकानूनी क्रियाकलापहरु भएबाट सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रमा नै भय र त्रासको वातावरण सिर्जना भएको छ ।
यसरी आम जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कर्मचारीहरु नै आफ्नो कार्य क्षेत्रमा असुरक्षित हुँदा र बिना कारण दिनदहाडै अपराधिक शैलीमा सांघातिक आक्रामण गर्ने तथा बैंक वित्तीय संस्थाबाट लिएको ऋणकर्जाको साँवाब्याज नतिर्न दुरुत्साहन गर्ने व्यक्तिहरुलाई यथाशिघ्र कानूनी कारवाही गरी कानूनको दायरामा नल्याउँदासम्म सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रले गम्भीर जोखिम महसुश गरेको र यसले समग्र अर्थतन्त्रमा नै अकल्पनीय संकट ल्याउने भएकोले निर्वाध रुपमा बैंकिङ्ग सेवा प्रवाह गर्ने वातावरणको सुनिश्चितताको लागि कठोर कदम चाल्न र अवाञ्छित क्रियाकलापहरु गर्ने जो कोहीलाई तत्काल पक्रन र हदैसम्मको कानुनी कारवाही गर्न ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायहरुलाई निर्देशन दिने ।
(ख) अर्थ मन्त्रालयले गर्नुपर्ने ः
१. हाल बजारमा पर्याप्त तरलता अभाव देखिएको हुनाले उक्त तरलता अभावलाई सम्वोधन गर्नको लागि हाल बैंकहरुमार्फत स्थानीय निकायको खातामा जम्मा हुने गरी प्राप्त हुने राजश्व र स्थानीय निकायको लागि संघ तथा प्रदेशबाट निकासा भएको बजेट लगायत गरी स्थानीय निकायको औसत रकम करिब २०० रुपैयाँ अर्ब बराबरको रकम बैंकहरुसँग रहने भएता पनि उक्त रकमको ८० प्रतिशत बराबर रकम यस आर्थिक वर्षको आषाढ मसान्त सम्म मात्र बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने ।
उक्त रकमको ५० प्रतिशत रकम मात्रै बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाइने हालको विद्यमान व्यवस्थामा संशोधन गरी स्थानीय निकायको खातामा जम्मा हुने सम्पूर्ण १०० प्रतिशत रकम नै निक्षेपको रुपमा अविछिन्न रुपमा आगामी वर्षहरुमा पनि निरन्तर हुने गरी गणना गर्न सकिने व्यवस्था गर्दा बैंकहरुमा तत्काल करिब रु. ४० अर्ब र आषाढ मसान्त पछि करिब १ खर्ब रुपैयाँ तरलता थपिन गई सोही रकमले बैंकहरुको लगानी क्षमता बढ्ने र कोषको लागत घट्ने हुनाले अर्थतन्त्रलाई थप चलायमान बनाउन टेवा पुग्ने देखिएकोले स्थानीय तहले बैंकहरुमा राखेको रकमलाई बैंकहरुले अविछिन्न रुपमा निक्षेपमा १०० प्रतिशत रकम नै गणना गर्न सक्ने नीतिगत व्यवस्था गर्ने ।
२. पूँजीगत खर्च र बिल शोधभर्ना तथा भुक्तानी तत्काल बढाउने ।
३. आत्मनिर्भरता तर्फ उन्मुख नेपाली उत्पादनहरुको समानान्तरमा आयात हुने वस्तु र विलाशिताका वस्तुहरुमा आयकर वा भन्सार दर वृद्धि गर्दा नेपाली उत्पादनको सवद्र्धन हुन गई राजस्व वृद्धि हुन जान्छ ४.बैंकहरुको संस्थागत आयकरको दर ३० प्रतिशतबाट २५ प्रतिशतमा झार्ने ।
५.शेयर प्रिमियम कर उद्देश्यका लागि पूँजी योगदान भएकोले यसरी बोनस जारी गर्दा कर लेखाङ्कनका लागि उक्त शेयर रकम पूँजी योगदान मै रहने हुँदा कर लेखाङ्कनको कारोबार नहुने भएकोले यस विषयलाई स्पष्ट गर्नु जरुरी छ । यस विषयमा अन्योल कायम हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा अनावश्यक दबाव र झै झमेला सृजना हुनु सामाजिक न्यायका दृष्टिकोणले उपयुक्त हुँदैन ।
प्रतिक्रिया