काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र समस्या परेको अवस्थामा अर्थतन्त्र जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा भएको तेस्रो सहकारी सम्मेलनको समापनमा बोल्दै अध्यक्ष ओलीले सहकारी सञ्चालन गर्न नजान्दा पनि समस्या आएको बताए ।
‘अहिले सहकारी जति बदनामी भएको छ, अब बदनामी हुन नपायोस्’, उनले भने,‘कृषि क्षेत्रमाबढी जनसंख्या आश्रित भए पनि जमिनको अभाव भएकाले परम्परागत खेतीगर्दा कृषि उत्पादनमा मूलुक आत्मनिर्भर हुन नसेको हो ।’ठूला बैंक, व्यापारी, उद्योगी समस्या भएकाले साना पुँजी भएका सहकारी समस्यामा हुनु स्वभाविभक भएको उनले बताए ।
सहकारीले एकीकृत जग्गा मार्फत कृषि उत्पादनमा लाग्नु पर्ने पूर्व प्रधानमन्त्री ओलीले जोड थियो ।सहकारीले अनुदानआशागर्न नहुने भन्दै उनले भने, ‘उत्पादनमालाग्नको लागिलामो समयको लागि सहुलियत ऋण व्यवस्था गर्नुपर्छ ।’ थोरै पुँजीलाई सही सदुपयोग गर्दा राम्रो उपलब्धी हाँसिल गर्न सकिने उनको भनाइ थियो ।
त्यस्तै, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सहकारीको ऋण तिर्न पर्दैन भन्दै अफवाह फैलाउनेहरुलाई कानुनी कठा घरा माल्याईने बताएका छन् । सहकारी ऐन नियममा भएका व्यवस्थाहरुलाई कार्यान्वयन गरी सहकारीलाई व्यवस्थित गर्न विभाग तयार रहेको प्रतिवद्धता जनाए ।
सहकारी खतराको डिलमा नपरेको भन्दै विश्वासलाई डग्मगाउन नदिनका लागि सहकारी अभियान्ताहरुलाई सचेत भएर लाग्न आग्रह गरे । सहकारी ऐन नियम परिवर्तन गरेर भएपनि सस्थागत संरचना निमार्ण पहल घिमिरेले बताए ।
प्रतिक्रिया