(Friday , 21 August,2026)

५७ हजार मेट्रिक टन ग्यास आयात

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । साउन महिनामा ५७ हजार ३ सय १६.३८ मेट्रिक टन ग्यास आयात भएको छ । नेपाल आयल निगमको पछिल्लो पाँच महिनाको खाना पकाउने ग्यास (एलपी ग्यास) को आयातको तथ्यांकअनुसार यो हालसम्मकै उच्च हो । विगतमा मासिक करिब ४५÷४६ हजार मेट्रिक टन आयात भइरहेको ग्यास यो  पटक उच्च वृद्धि भएको छ ।

केही महिना अघि मध्यपूर्वको समस्याका कारण ग्यास अभाव भएपछि उपभोक्तालाई सहज आपूर्ति व्यवस्था गर्न निगमले गत फागुन २९ गतेदेखि असार ३० गतेसम्म आधा सिलिण्डर (७.१ केजी) ग्यास बिक्री गरेको थियो ।  

निगमले आधा ग्यास सिलिण्डर बिक्री वितरण गर्दा बजारमा खापत घटेको थियो । फेरी ग्यासमा आपूर्तिमा सहज भएको भन्दै असार ३१ देखि भरी सिलिण्डर (१४.२ केजी) ग्यास दिन थालेपछि एक्कसी धेरै ग्यासको माग बढेको हो ।

निगमको पछिल्लो पाँच महिनाको ग्यास आयातको तथ्यांकअनुसार गत चैतमा  ३८ हजार ७१९.४५ मेट्रिक टन, वैशाखमा ३२ हजार ०५६.४४ मेट्रिक टन र २०८३ जेठमा ३२ हजार ८४२.२९ मेट्रिक टन ग्यास अयात भएको छ । यस्तै असारमा ४४ हजार ५४४.५० मेट्रिक टन आयात भएको छ भने साउन बढेर  ५७ हजार  ३१६.३८ मेट्रिक टन पुगेको छ । विशेष गरी असार महिनाको तुलनामा साउन महिनामा ग्यासको बिक्रीमा ठूलो आएको देखिन्छ ।  

निगमका अनुसार साउनमा मात्र अघिल्लो महिना भन्दा करिब ९ लाख सिलिन्डर बढी बिक्री वितरण भएको छ । भदौ महिनामा पनि ग्यासको आयात र वितरण नियमित भइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने निगमले जनाएको छ । आपूर्ति व्यवस्था सुचारु रहेकाले बजारमा अभाव हुने आशंकामा अनावश्यक रूपमा ग्यास सञ्चित नगर्न निगमले आम उपभोक्तालाई आग्रह गरेको छ । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal