(Thursday , 14 May,2026)

चैत १२ वा १३ मा बालेन प्रधानमन्त्री बन्दै

mountainejournal.com

mountainejournal.com

काठमाडौं– संघीय संसद् सचिवालयले यही चैत १२ गते २ बजे प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।

सांसदहरुले शपथ लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु गर्ने भएको छ ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा रास्वपाले १८२ सिटमा जित हात पार्दै स्पष्ट बहुमत प्राप्त गरेको छ । रास्वपाले निर्वाचनका क्रममा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो । अहिले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ ।

सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा बिहीबार रास्वपा नेताहरूले छलफल गरेका थिए । छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्री चयन गर्ने र त्यसपछि शपथ ग्रहण लिने कार्यक्रम बनाइएको हो ।

चैत १२ को शपथ ग्रहणपछि समयले भ्याएसम्म रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बन्ने छन् भने उनलाई चैत १३ मा प्रधानमन्त्री पदको शपथ ग्रहण गराउने तयारी गरिएको छ । अहिलेसम्म रास्वपाले यही कार्यक्रम तय गरेको रास्वपा उपसभापति स्वर्णीम वाग्लेले जानकारी दिए 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal