काठमाडाैँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगको विषयमा त्यहाँका राष्ट्रपति सी चिनफिङसँग छलफल भएको बताएका छन् । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन् ।
चिनियाँ राष्ट्रपति सीसँग भएको छलफलको विषयमा जानकारी गराउँदै प्रधानमन्त्री दाहालले नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढिरहेको विषयमा छलफल भएको बताए ।
’नेपालको विकासका लागि कृषिमा आधारित उद्योगहरुको महत्व बढी छ भन्ने विषयमा छलफल भएको छ । यस विषयमा हामीले महत्वपूर्ण छलफल गयौं । विश्वासको राम्रो वातावरण तयार भएको छ,’ दाहालले भने, ’हामीले चिनियाँ राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्रीसहितको टोलीसँग सामूहिक रुपमा छलफल गयौं ।’प्रधानमन्त्री दाहालले शनिबार हाङचाउ सहरमा चिनियाँ राष्ट्रपति सीसँग एक्लै र सामूहिक रुपमा छलफल गरेका थिए ।यस क्रममा रेल, हवाई यातायाता र बाटोघाटो, पर्यटन, शिक्षा र स्वास्थ्यको विषयमा पनि छलफल भएको दाहालले बताएका थिए ।
प्रतिक्रिया