(Sunday , 19 April,2026)

श्रमिकको हितमा कामगर्न मन्त्री कुँवरको निर्देशन

mountainejournal.com

mountainejournal.com

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने काम गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् । श्रम सहचारी र काउन्सिलरको अभिमुखिकरण समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासा सम्बोधन गर्न र देशको हित हुने काममा ध्यान दिन निर्देशन दिनु भएको हो ।


मन्त्री कुँवरले अभिमुखीकरण कार्यक्रम समापनमा समस्यामा परेका श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो धेरै आउने गरेको बताए । उनले श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए ।  श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगारदाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले  महत्वपूर्ण  भूमिका खेल्नुपर्ने मन्त्री कुँवरले बताए । 

यस्तै उनले सम्बन्धित देशमा काम गर्दा त्यो देशको ऐन, कानुनलाई पनि राम्रोसँग अध्ययन गरेर अरु क्रियाकलाप अगाडी बढाउन आग्रह समेत गरे । 
मन्त्रालयका सचिव एकनारायण अर्यालले आफ्नो जिम्मेवारी र उत्तरदायीत्व के हो भन्ने विषयमा जानकारी लिएर काम गर्न अनुरोध गरे । 
 त्यस्तै, समन्वय र संचार, श्रमिकको अवस्था, डिमान्ड दिने कम्पनीको विस्तृत जानकारी राख्ने र ऐन कानुन बुझेर काम गर्ने विषयमा काउन्सिलर र श्रम सहचारीलाई जानकारी दिए ।  

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal