काठमाडौं । रसुवामा बुधबार बिहान आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले बोलाभएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न उक्त बैठकमा बाढीले पुर्याएको पछिल्लो क्षतिको विवरणबारे विस्तृत ब्रिफिङ गरिएको हो । बैठकमा सम्बन्धित निकायका अधिकारीहरूले बाढी प्रभावित क्षेत्रको वर्तमान अवस्था र क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
ब्रिफिङ पश्चात प्रधानमन्त्री शाहले आगामी कदमका सम्बन्धमा सरोकारवाला सबै निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् । उनले विपद्को यस घडीमा बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकहरूको प्रभावकारी उद्धार, खोज तथा राहत कार्यमा आ–आफ्नो स्थानबाट सक्रियतापूर्वक जुट्न सबैलाई आह्वान गरेका छन् । सरकारले बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्दै राहत र पुनस्र्थापनाका कार्यलाई तीव्रता दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया