काठमाडौँ, । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ११ औँ बैठकका लागि तय गरिएको सम्भावित कार्यसूचीमा आर्थिक सर्वेक्षण पेस गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । नेपालको संविधान र आर्थिक कार्यविधि अनुसार बजेट प्रस्तुत गर्नुअघि अघिल्लो आर्थिक वर्षको देशको आर्थिक अवस्था झल्काउने सर्वेक्षण संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रिय सभामा उत्पत्ति भएको 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक बैठकमा टेबुल गरिनेछ । व्यवस्थापन कार्य: सूचना तथा सञ्चार मन्त्री डा. सुमति मिसिनाले 'चलचित्र विधेयक, २०८२' माथि विचार गरियोस् भन्ने प्रस्ताव सदन समक्ष प्रस्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया