(Friday , 24 April,2026)

व्यवसायी गोल्छा पक्राउ

mountainejournal.com

mountainejournal.com

काठमाडौं– पछिल्लो समय विवादमा आएको सेयर कारोबारको विषयलाई लिएर व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पनि हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विज्ञप्ति जारी गर्दै गोल्छालाई काठमाडौंबाट पक्राउ गरिएको जानकारी दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा सहकार्य गरेको देखिएपछि छानबिनका लागि गोल्छालाई पक्राउ गरिएको हो ।

धितोपत्र बोर्डले अध्ययन गरेर सार्वजनिक गरेको एक प्रतिवेदनमा भट्ट र गोल्छाबीच सहकार्य भएको देखिएको थियो। व्यवसायी शेखर गोल्छाले भट्टको कारोबारको रकम भुक्तानीमा सहयोग गरेको बोर्डको प्रतिवेदनमा छ।

प्रतिवेदनका अनुसार भट्ट र गोल्छा सम्बद्ध व्यवसायीहरूले मिलेमतोमा सेयर किन्ने र कृत्रिम रूपले मूल्य बढाउने गरेका थिए ।
भट्टले ३ अर्ब ८० करोड रूपैयाँ बराबरको नेपाल रि(इन्स्योरेन्सको सेयर र नबिल बैंक, एनएमबी बैंक, नेपाल एसबिआई बैंक र सिद्धार्थ बैंकको ऋणपत्र किनेको देखिएको छ।

यस क्रममा भट्टमार्फत् भएको यस्तो कारोबारको मूल्य बढाउन सुलभ अग्रवालकी श्रीमति सुभी अग्रवाल, व्यवसायी राजबहादुर शाह, ऋषिराज मोर, रोहित गुप्ताबाट समेत सहयोग पुगेको धितोपत्र बोर्डको अध्ययनमा भेटिएको छ। व्यवसायी शेखर गोल्छाले भने कारोबारको रकम भुक्तानीमा सहयोग गरेको अध्ययनले उल्लेख गरेको छ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal