(Sunday , 15 March,2026)

ग्यासको विकल्पमा विद्युतीय चुलो

mountainejournal.com

mountainejournal.com

काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा देखिएको तनावबाट ग्यास आपूर्ति प्रभाव हुने डरले आम उपभोक्ता चिन्तित बनेका छन् । तर,  पछिल्लो समय बिद्युतीय प्रयोग गरेर सहज रुपमै खाना पकाएर खान सकिने हुँदा ग्यास नपाउदा चिन्तित हुनु पर्ने अवस्था छैन् | 

ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ ।अहिले विगतका जस्तो लोडसेडिङ नहुने हुँदा उपभोक्ताले ग्यास आपूर्तिमा समस्या आउँदा डराउन र आत्तिनु पर्ने अवस्था छैन । सामान्य ३ हजारदेखि उच्च गुणस्तरका १० हजार सम्मको विद्युतीय  चुलो बजारमा उपलब्ध छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका अनुसार सेट नभएको चुलोको मूल्य चार हजारदेखि ५ हजार, सेटसहितको चुलो ७ हजारदेखि ९ हजार ५ सय रूपैयाँसम्ममा किन्न पाइन्छ । ग्यास आपूर्ति नहुँदा खाना पकाएर खान पाइँदैन कि भनेर आत्तिइहाल्नु पर्ने अवस्था विगतको जस्तो अहिले छैन ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले मध्यपूर्वको प्रभाव पर्ने आशंका अहिले धेरै उपभोक्ताले घरमा भएका सबै खाली सिलिन्डरसमेत भर्न थालेपछि बजारमा ग्यास आपूर्तिमा केही असहज देखिएको बताए । तर, मध्यपूर्वमा देखिएको समस्याका कारण हालसम्म नेपालमा त्यसको प्रभाव नदेखिएको उनले जानकारी दिए । उनका अनुसार भारतबाट कोटाअनुसार सहज रूपमा ग्यास आपूर्ति भइरहेको छ । यो परिदृश्यमा विश्वका कतिपय मुलुकहरूले पेट्रोलियम पदार्थको बिक्री वितरण र प्रयोगमा सुरक्षात्मक उपाय अवलम्बन गरिसकेका छन् ।

प्रवक्ता ठाकुरले पूर्ण रूपमा आयातमा पर निर्भर निगमले खपतमा केही सुरक्षात्मक प्रबन्ध गर्न जरुरी भएकाले उपभोक्ताले ग्यास कम गरी विद्युतीय चुलो प्रयोग गर्न सक्ने बताए । उनले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग नगर्न र मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरू सिलिन्डर नभर्न अनुरोध गरेका छन् । उनका अनुसार औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्न सकिन्छ ।

इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको छ । ग्यास आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए पनि विश्वमा पर्ने प्रभावबाट नेपाल अछुत हुँदैन । सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण गर्न उनले उपभोक्तालाई अनुरोध गरेका छन् । यसैगरी उनले कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा नेपाल सरकारको कानुन बमोजिम कारबाही गर्ने उनले जानकारी दिए ।

निगमका अनुसार काठमाडौं उपत्यकामा दैनिक ४२ हजारदेखि ४६ हजार ग्यास सिलिन्डर खपत हुन्छ । अहिले पनि सोही परिमाणमा आपूर्ति र खपत भइरहेको छ । नेपालका लागि तोकिएको कोटाअनुसार नै भारतबाट ग्यास आपूर्ति भइरहेको छ । ग्यास अभावको हल्लाले उपभोक्तालाई समस्या नहोस् भन्ने उद्देश्यले निगमले टेकुस्थित निगमको कार्यालय परिसरबाट ग्यास बिक्री वितरणसमेत गर्दै आएको छ ।

करिब १ करोड ४० लाख ग्यास सिलिन्डर छन् । दैनिक ३० लाख सिलिन्डर खपत हुन्छन् । घरायसी, होटल तथा रेष्टुरेन्ट, उद्योगको नियमित माग र आगामी निर्वाचनको समयमा अझै माग बढ्ने अनुमानका आधारमा फेब्रुअरी (माघ १८ देखि फागुन १६ गते) का लागि ग्यासको कोटा ५२ हजार टन तोकेर आईओसीलाई पत्र पठाइएको छ । आईओसीले नेपाललाई ४९ हजार ५ सय टन मासिक कोटा उपलब्ध गराएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal