(Sunday , 15 February,2026)

पुनर्निर्माण कोषमा ७ करोड ५१ लाख रुपैयाँ जम्मा

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा र ७ करोड  ५१ लाख  ६० हजार ४३९ हजार रुपैया जम्म भएको छ ।  पुनर्निर्माण को लागि गत भदौमा खडा गरेको कोषमा मंगलबार सम्म उक्क रकम जम्म भएको हो ।

अर्थ मन्त्रालयका अनुसार कार्तिक १८ गते नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले  १ करोड रुपैयाँ   र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले २५ लाख रुपैयाँ  रकमको छुट्टाछुट्टै चेक अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई हस्तान्तरण  गरेका छन ।

कोषमा आज प्राप्त हुन आएको चेक रकम सहित जम्मा  सहित सात करोड एकाउन्न लाख साठी हजार चार सय उनान्चालीस संकलन भएको  जानकारी गराएको छ । 

 

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal