मौद्रिक नीति
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ । विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो रहेको, ब्याजदर न्यून रहेको लगायत विद्यमान सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो देखिन्छ । यसबाहेक मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था के-के छन् ? आगामी वर्षका लागि निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले विस्तार गर्ने प्रक्षेपण गरिएको छ । यसको अर्थ राष्ट्र बैंकले कर्जा विस्तारलाई प्रोत्साहन गरेको भन्ने हो ।
प्रतिक्रिया