(Thursday , 16 April,2026)

हरित हाइड्रोजन अभियानमा ग्रिनजो इनर्जीको चासो

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  ग्रिनजो इनर्जी इन्डिया लिमिटेडका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले आफूहरू नेपालमा ग्रिन (हरित) हाइड्रोजनका लागि लगानी गर्न इच्छुक रहेको बताएका छन् । नेपाल सरकारले ग्रिन हाइड्रोजनसम्बन्धी नीति पारित गरेपछि ग्रिनजोले लगानीका लागि चासो राखेको अर्थमन्त्री प्रकाशशरण महतले पुष्टि गरे ।

हालै भारतको गुजरातमा भएको गुजरात भाइब्रेन्ट सम्मेलनका क्रममा अर्थमन्त्री महतसँग अग्रवालले छलफल गरेका थिए । नेपालको अर्थतन्त्रलाई उचाइमा पुर्‍याउन हरित हाइड्रोजन अभियान सहयोगी हुने उनको भनाइ छ । आर्थिक लगानी र सहकार्यका लागि ग्रिनजो इन्डिया लिमिटेड साथसाथै रहेको प्रबन्ध निर्देशक अग्रवालले बताए । यसअघि यो कम्पनीले ५० मेगावाट ग्रिन हाइड्रोजन उत्पादनका लागि नेपालको एक कम्पनीसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिसकेको छ ।

त्यसमा हाइड्रोजन, अमोनिया प्लान्ट, सौर्य, हावा र जलविद्युत् एकीकृत रूपमा अघि बढाइने समझदारी गरिएको थियो । नेपाल सरकारले नीति तय नगर्दा यो कार्यान्वयनमा ढिलाइ भएकामा अब भने सहज हुने अग्रवालको भनाइ छ ।ग्रिनजो इनर्जी इन्डियाले भारतमा यस्तो प्लान्ट स्थापना गर्न मात्रै ३५ अर्ब लगानी गर्ने तयारी गरेको उनले बताए । यो परियोजना गत अक्टोबर २४ मा सुरुवात गरिएको थियो । कम्पनीले ग्रिन हाइड्रोजन क्षेत्रका लागि १, २ र ५ मेगावाटको अलकलाइन इलोक्ट्रोलाइजर उत्पानको तयारी भएको छ ।

पहिलो चरणमा साढे तीन अर्ब रुपैयाँ आवश्यक रहँदा पाँच वर्षका लागि बिलियन लगानीको योजना रहेको उनको भनाइ छ । यो प्लान्टको पहिलो चरणको काम सकिँदा १२५ मेगावाट उत्पादन क्षमता रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal