(Thursday , 16 April,2026)

अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री लिउ बीच भेटवार्ता

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री  लिउ कुन बीच भेटवार्ता भएको छ । भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी २० अर्थमन्त्री स्तरीय बैठकको क्रममा अर्थमन्त्री डा. महत र चिनियाँ अर्थमन्त्री  लिउ बीच भेटवार्ता भएको हो । 

द्विपक्षीय वार्तामा दुई देशबीच ऐतिहासिक र सहयोगात्मक सम्बन्ध रहेको कुरा दुवै मन्त्रीहरूले व्यक्त गरेका छन् । एक अर्काको चासो र सरोकार प्रति दुवै पक्ष सम्वेदनशील रहेको वारेमा  पनि दुवै मन्त्रीको समान धारणा रह्यो ।

मन्त्री महतले चीनले नेपालमा गरेको विकास सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् ।  सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नु भएको नेपालको भ्रमणकाक्रममा उनले नेपालको आर्थिक  विकासमा महत्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकोमा कोभिड – १९ को कारणले समयमा अगाडी बढ्न नसकेकोमा अब चाँडै अगाडी बढ्ने विश्वास व्यक्त गरे । 

उक्त भेटका अवसरमा मन्त्री महतले नेपाल र चीन बीचका महत्वपूर्ण सीमा नाकाहरूबाट दुई देश जोड्ने सडक परियोजनाहरु सहयोगको महत्वपूर्ण क्षेत्र हुन सक्ने र दुवै देशका  सम्बन्धित निकायहरूले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने बताए । 
 
सुरुङ मार्गको प्रसङ्गमा टोखा – छहरे सुरुङ मार्ग चाँडो कार्यान्वयनमा आउने आशा व्यक्त गर्नु गरे ।  चिनियाँ अर्थमन्त्रीले नेपालको विकासमा सहयोगी हुन चाहेको र  सहयोगका परियोजनाहरू चाँडै कार्यान्वयनमा आउने विश्वास दिलाए । 
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal