नेपाल–भारत सरकार–सरकारबीच (जीटुजी) सम्झौताको रासायनिक मल पुसमा मात्र आइपुग्ने भएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले यस अघि मङ्सिर महिनाको दोस्रो साता आइपुग्ने जानकारी गराएको थियो । तर, जीटुजी सम्झौताको रासायनिक मल पुसको पहिलो सातासम्म मात्र आइपुग्ने मन्त्रालयले जनाएको छ ।
बर्सेनि धान बालीलाई रासायनिक मलको हाहाकार हुन थालेपछि सरकारले किसानलाई सहज रूपमा रासायनिक मल आपूर्तिका लागि भारत सरकारसँग गत १६ फागुनमा जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने सम्भौता गरेको थियो ।
सन् २०२२–०२३ का लागि युरिया १ लाख १० हजार मेट्रिक टन र डीएपी ६० हजार मेट्रिक टन गरी १ लाख ७० हजार मेट्रिक टन मल खरिद गर्ने सम्झौता छ । जसमध्येको ३० हजार मेट्रिक टन यही मङ्सिरको दोस्रो सातासम्म आइपुग्ने भनेको रासायनिक मल अब पुसमा मात्र आइपुग्ने कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनले ४ मङ्सिरमा भएको प्रतिनिधिसाभ र प्रदेशसभाको निर्वाचनले मल आयातका लागि पैसा पठाएन समय लागेको हुँदा ढिलो भएको बताए ।
जीटूजी मल आयातका लागि मलको बोरा प्याकेजिङ्क भइरहेको जानकारी दिए । उनले १५ हजार मेट्रिकटन युरिया मल आयात भइरहेको र भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो सातासम्म आइपुग्ने गरी हाल प्याकिङ भइरहेको जानकारी दिए ।
प्रवक्ता सन्जेलका अनुसार देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ ।
आइतबार सम्मको विवरणअनुसार चालु आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिक टन मल मौज्दात छ हो । कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात छ । कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिकटन, डीएपी १८ हजार ४३२ मेट्रिकटन र पोटास १ हजार ८३७ मेट्रिकटन मौज्दात छ । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात छ ।
चालु आ.व.को कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिकटन रासायनिक मल बिक्री गरेको जनाएको छ । यस्तै, ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया