(Monday , 01 June,2026)

राजस्व १ खर्ब २० अर्ब वृद्धि

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । आर्थिक वर्ष २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । 
आर्थिक वर्ष २०८१÷०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । 

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताउनुभयो । उहाँले भन्नुभयो–’तयारी सुरु गरिसकेका छौँ । चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’ 

चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ । 

आर्थिक वर्ष २०७१÷०७२ मा ४ खर्ब ५ अर्ब,  २०७२÷०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३÷०७४ मा ६ खर्ब ९ अर्ब, २०७४÷०७५ मा ७ खर्ब २६ अर्ब, २०७५÷०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो । त्यसैगरी २०७६÷०७७ मा ७ खर्ब ९३ अर्ब, २०७७÷०७८ मा ९ खर्ब ३५ अर्ब, २०७८÷०७९ मा १० खर्ब ६६ अर्ब, २०७९÷०८० मा ९ खर्ब ५७ अर्ब र २०८०÷०८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal