काठमाडाैँ । विहान भालेको डाँकसँगै उठेर घर आँगन सरसफाई, भाँडाकुँडा, वस्तुभाउको हेरचाह, खानपान व्यवस्था, मेलापात, खेतीपाती, बालबच्चा हेरचाह, घाँस दाउराका साथै बैठक, भेला आदी कार्य गरी रातको १२ बजेसम्मको कामको बोझ खपेर हाम्रा ग्रामीण महिलाहरु कृषि र देशकोे योगदान गरिरहेका छन् । आफ्ना पारिवारीक जीवनमा बढी ब्यस्त रहनाले उनीहरुले आफ्नो व्यक्तिगत जीवनको निर्णय लिन सकिरहेका छैनन् । ७० प्रतिशत भन्दा बढि ग्रामीण महिलाहरुले नेपालको कृषि थेग्दै आएका छन् । जसको पसिना र श्रमबाट हामी उत्पादन गरि खाईरहेका छौ । उनीहरुको सम्मान गर्न सकेका छैनौ ।
विना ज्यालामा परिवारिक हेरचाह तथा घर भित्रका जिम्मेवारीलाई उनीहरुले पुरा गरिरहेका हुन्छन् । कृषि कर्मलाई निरन्तरता दिई रहेका हुन्छन र पनि महिला किसानहरु पुरुषहरुका लागि परिपूरक उत्पादक र उद्यमी जस्तै मात्र रहँदै आएका छन् । कृषि गणना २०७८ अनुसार कुल ४१३०८०० किसान घर परिवार .मध्ये कृषिमा संलग्न महिलाको संख्या ६० प्रतिशत रहेको छ ।
महिलाहरु वालीको तुलनात्मक मुल्य पाउन असक्षम छन् । जीविकोपार्जनका लागि अत्यावश्यक भूमि, कृषिजन्य उत्पादनका साधन, बजार, उच्च मूल्यका कृषि खाद्यश्रृङ्खलामा उनीहरुको पहुँच छैन । रैथाने कृषि पद्धतिको अन्त्य भई आयातित कृषि प्रणालीको विकाससंगै नेपाली महिलाहरु ठूलो मारमा परेका छन् । परापूर्वकालदेखि गरिदैं आएको नेपालको सांस्कृतिक कृषिलाई तोडमोड गरेर ब्यवसायिकताको नाममा ग्रामिण महिला एबं समुदायले अबलम्बन गर्दै आएको परम्परागत ज्ञान सीपलाई ध्वस्त पारींदै छ ।
घर भित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार, समाज र देशको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्यूनिकरणमा टेवा पुवा पुयाउनु यो दिवस मनाउनुको अर्को ठूलो मर्म हो । ग्रामिण महिलाका बिकराल अबस्थाको चर्चा परिचर्चा गर्दै उनीहरुको योगदानको कदर स्वरुप सन् २००७ मा १५ अक्टुवरलाई संयुक्त राष्ट्रसंघले ग्रामीण महिला दिवस मनाउने घोषणा ग¥यो ।
नेपाल सरकारले पनि लोलीमा बोली मिलाउँदै उक्त घोषणालाई स्विकार ग¥यो तर दिवश मनाउन सकेन, ग्रामीण महिलाशरुलाई बर्षको १ दिन पनि सम्झन सकेन । अझै पनि सम्झने आँट गरेको छैन । पहँुचमा रहेका नारीहरुको सम्मानमा नारी दिबशलाई भने निरन्तरता दिँदै आइको छ । यसबाट ग्रामीण महिलाहरु प्रति राज्यले नै असमान ब्यबहार गरेको स्पष्ट हुन्छ ।
अन्र्तराष्ट्रिय ग्रामीण महिला दिवसको यस वर्षको नारा ”सबैका लागि स्वस्थ खाद्यन्न उत्पादनमा ग्रामीण महिला” ले खाद्य प्रणालीमा ग्रामीण महिला र किशोरीले खेल्ने भूमिकालाई प्रकाश पार्दछ । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्दछ । जसका लागि ग्रामिण महिलाहरु नै महत्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्रसंघको विचार रहेको छ ।
लैगिक समानता समाजको हरेक वर्गका महिलाहरुको आवश्यकता, अनुभव र चुनौतीहरुको मनन् गरेर मात्र गर्न सकिन्छ । सामाजिक संजाल र कोठे कार्यक्रमहरुमा गरिने महिला अधिकारको कुरामा ग्रामिण तथा आर्थिक एवं सामाजिक अवस्था कमजोर भएका महिलाहरुको कुराले स्थान पाएको छैन । महिला अधिकारका विषय सहरका सम्पन्न घरनाका लागि सिमित रहेको छ । महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरु कयम छन् । लैगिक समानता र महिला शसक्तिकरणको उदेश्य पुा गर्न स्वस्थ्य शिक्षा, रोजगारी, राजनीति र
राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरि ग्रामीण महिलाहरुको पहुँच समान रुपमा सुनिश्चित हुनु आवश्यक रहेको छ ।
नेपालको परिवेशमा झण्डै ६० प्रतिशत महिला कृषि श्रम शक्तिको रुपमा रहेका छन् । कृषि गणना २०७८ अनुशार आफ्नै कृषि उत्पादनबाट वर्षभरी परिवारलाई खाना पुग्यो भन्ने परिवार ४५ प्रतिशत छन् । महिला किसानहरुले परम्परागत बाली, वातावरण मैत्री र विषादीमुक्त कृषि पद्धति अवलम्बन मार्फत वातावरणीय संरक्षणका लागि महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । ग्रामीण अर्थतन्त्रलाई गतिशिल बनाउन उनीहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
यसर्थ ग्रामीण जीविकोपार्जनमा जलवायु परिवर्तनका नकारात्मक प्रभावहरुको विरुद्धमा उनीहरुलाई क्षमतावान बनाउनु आजको आवश्यकता हो । खाद्य सुरक्षा तथा पोषण, भूमि तथा प्राकृतिक श्रोत व्यवस्थापनसँंग सम्बन्धित तिनिहरुको ज्ञान र अनुभवलाई राज्यले कृषि विकासको आधारको रुपमा लिन सक्नु पर्दछ ।
यसका लागि ग्रामीण महिलाको सहभागिता सहितको दीगोपना, जलवायु अनुकुलनिय कृषि उत्पादन, प्रवद्र्धन, ढुवानी र बजारीकरणमा मद्धत पुग्ने सामाजिक तथा भौतिक पूर्वाधार मार्फत सरकारले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । भौतिक संरचना तथा समय र श्रमको सम्मान गर्ने प्रविधिको विकासको लागि सरकारी लगानी हुनसके सबैले दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान दिन सक्दछन् ।
राज्यको समृद्धि यसैमा नीहित छ । यिनै कुरालाई मनन एवं महिलाको योगदानको सम्मानका खातिर महिलामैत्री बातावरणको लागि सम्बन्धित सरोकारवालाहरुका ध्यानाकर्षण गराउने उदेश्यले राष्टिय कृषक समूह महासंघ नेपालले यस दिवश नेपालमा सन् २०१४ देखि मनाउन थालेकोे हो । महासंघले ग्रामिण समुदायका महिलाहरु विच उनीहरुको आत्म सम्मान र गौरव महशुसीकरण गराउनको लागि ग्रामिण समुदायमा नै यस दिवस मनाउने र सम्बन्धित सरोकारवालालाई ग्रामिण सरोकारको विषयमा थप जवाफदेही बनाउने भूमिका खेल्दै आएको छ ।
महिला अधिकार मानव अधिकार हो । यस अधिकार आफैमा समानुपातिक र समतामा आधारीत हुनुपर्दछ । महिला शसक्तिकरणको एउटा तरिका भनेको उनीहरुको अधिकारको सुरक्षित गर्ने र उनीहरुले पूर्णरुमा आफ्नो क्षमतालाई महसुस गर्न सक्ने अवस्था हो । देशको अर्थतन्त्र धारासाही हुँदै गर्दा यिन ग्रामीण महिलाहरुले अर्थतन्त्र बचाईरहेका यथार्थतालाई मनन् गर्दै उनीहरुले राष्ट्रिय अर्थतन्त्रमा गरेको योगदानको कदर गर्न राज्य अघि सर्न पर्दछ । ग्रामीण र तुलनात्मक रुपमा विपन्न महिलाहरुलाई पनि समान किसिमको हक पाउने वातावरण बनाउनु पर्दछ ।
प्रतिक्रिया