काठमाडौं । निर्माण व्यवसायीले उपत्यकाका सडक निर्माण गर्ने योजना समय सीमामा सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका गरेका छन् । बिहीबार उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय नारायणकाजी श्रेष्ठको उपस्थिति र निर्देशनमा मन्त्रालयका सचिव, विभागका महानिर्देशक तथा बिभिन्न आयोजना प्रमुखसहितको सहभागितामा निर्माण व्यवसायीबीच मन्त्रालयमा एक संयुक्त कार्यक्रममा व्यवसायीले प्रतिवद्धता गरेका हुन् ।
सडक आयोजनाका निर्माण व्यवसायीले आ–आफ्नो ठेक्कामा भएगरेका सहज र जटिलताबारे मौखिक रुपमा वस्तुपरक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले त्यहाँ आ–आफना ठेक्कामा रहेका आयोजनाहरु तततत् समय सीमाभित्र सम्पन्न गर्ने लिखित प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आयोजनाका निर्माण व्यवसायीले स्पष्ट समयसीमा तोकेर नै कार्य सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।उपप्रधानमन्त्री श्रेष्ठले भने,‘विकास निर्माणलाई अनिवार्य महत्व दिएर उद्योगको रुपमा स्थापित गर्ने गरी सकारात्मक भूमिका खेल्न जरुरी छ ।’ अहिले सरोकारवालाको नजरमा निर्माण व्यवसायी र कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोणलाई सुधार गर्न पनि जरुरी मन्त्री श्रेष्ठले बताए ।
प्रतिक्रिया