(Wednesday , 22 April,2026)

बालेनले झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराए

mountainejournal.com

mountainejournal.com

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहले मनोनयन दर्ता गराएका हुन् ।

यसअघि जनकपुरमा पार्टी सभापति रवि लामिछानेबाट टिकट लिएका शाहले उम्मेदवारी दर्तापछि कार्यकर्तालाई सम्बोधन गर्दै परिवर्तनको एजेण्डा बोकेर चुनावी मैदानमा उत्रिएको बताए । झापा–५ लाई राष्ट्रिय राजनीतिको चर्चाको केन्द्र बनाएको यो क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग शाहको प्रत्यक्ष भिडन्त हुने पक्का भएको छ ।

ओलीले पनि यसै क्षेत्रबाट उम्मेदवारी दर्ता गराउनेछन् । दुवै नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्र सर्वाधिक रोचक प्रतिष्पर्धाको केन्द्र बनेको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal