(Thursday , 16 April,2026)

मन्त्री गुप्ताद्वारा राजीनामा

mountainejournal.com

mountainejournal.com

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

मन्त्री गुप्ताले आफूमाथि लागेको आरोपको अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको बताए ।

उनले आजसम्म आफूलाई सहयोग गरेका सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनका बारेमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लाखौँ रुपैयाँ घूस लिएको श्रव्य सामग्री सार्वजनिक भएको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal