(Friday , 17 April,2026)

प्रतिनिधिसभाबाट आर्थिक वर्षको बजेट पारित

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । मंगलबारकाे प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब रूपैयाँको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थापन खर्च तर्फ ३ खर्ब ७५ अर्ब विनियजन गरिएको छ ।

पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँट बाहेक १३ खर्ब १५ अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १९ खर्ब ६४ अर्बको बजेट अर्थमन्त्री पौडेलले प्रस्तुत गरेका हुन् ।

यो बजेट साउन १ गतेदेखि कार्यान्वयनमा आउनेछ । बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal