(Friday , 17 April,2026)

पटकेको भुक्तानी अब अनलाइन मार्फत

mountainejournal.com

mountainejournal.com

भक्तपुर । यातायात व्यवस्था सेवा कार्यालय सल्लाघारीमा आयोजित एक कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके भुक्तानी सेवाको उद्घाटन गरेका छन् । उनले अस्थायी पटके भुक्तानीबाट व्यवसायीहरुले वर्षाैंदेखिको अन्यौलता र अव्यवहारिक झन्झटमुक्त हुने बताए । 


मन्त्री लम्सालले अनलाइन मार्फत भुक्तानी हुने भए पछि सेवाग्राहीहरुलाई सहज हुनेमा विस्वास ब्यक्त अस्थायी बाटो इजाजत पटके भुक्तानीका लागि सेवाग्राही जुनसुकै जटिल अवस्थामा पनि यातायात व्यवस्था कार्यालय पुग्नु पर्ने अवस्थाको अन्त्य गर्न यातायात व्यवस्था सेवा कार्यालयलाई डिजिटलाइजेसन गर्नुपर्ने उनको भनाइ थियो । उनले महिना अगाडि देखि काम थालिएकोमा अब देखि घरबाट नै सेवाग्राहीले सेवा पाउने बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal