(Thursday , 16 April,2026)

बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफल भएको छ । प्राथामिकता र सिद्धान्तमाथि छलफलमा उपसभापति स्वर्णिम वाग्लले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको बताए । यस विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको उनको भनाइ थियो । डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताए । 

उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब  र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए ।  राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ ।  यस्तै निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रस्तुत भएको दाबी गरे ।

उनले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताए । उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए । आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा उनको थियो । उनले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गरे । 


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal