(Thursday , 16 April,2026)

श्रमिकको अभिमुखीकरण शुल्क बढाउने विषयमा अध्ययन गर्न समिति गठन

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । वैदेशिक रोजगारीमा जाने श्रमिकको अभिमुखीकरण शुल्क बढाउने लगायतका विषयहरुमा अध्ययन गर्न समिति गठन गरिएको छ । श्रमिकमाथि आर्थिक भार थप्ने गरी गरिएका विषयहरुमाथि अध्ययन गर्न भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो ।

वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा, दक्षिण कोरियामा ई–७ भिसामा कामदार पठाउने, विभिन्न देशबाट कामदार माग भई आएकोमा मन्त्रालयबाट माग प्रमाणीकरण गर्ने लगायतका विषयमा  अध्ययन गर्न भनेर उक्त समिति गठन गरिएको हो ।

प्रधानमन्त्रीको निर्देशन तथा विभिन्न सञ्चारका माध्यममा आएका समाचारको सुझाव समेतलाई मध्यनजर गर्दै उक्त विषयहरु अध्ययन गरी २१ दिनभित्र राय सुझाव सहितको प्रतिवेदन पेस गरिने मन्त्रालयले जनाएको छ । साथै यस उक्त विषयहरु तत्काल कार्यान्वयन नगर्न समेत प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको मन्त्रालयले जानकारी दिएको छ । समितिले पेस गरेको प्रतिवेदन पछि मात्रै सोही आधारमा निर्णय गरी कार्यान्वयनमा गरिने जनाएइको छ ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal