काठमाडौँ । कार्तिक १२ गते राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले क्षति भएको पूनर्निर्माणका लागि सरकारले संसाद विकास कोषबाट ८ अर्ब २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कोषको पैसा भूकम्प पछिको पूनःनिर्माणका लागि खर्च गर्ने निर्णय गरेको हो ।
सांसद विकास कोष’ भनेर चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको रकम रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सांसद विकास कोषका लागि विनियोजित ८ अर्ब २५ करोड रुपैयाँ विनियोजित गरेको थियो । यो सांसद विकास कोष सबै भन्दा बढी विवादित परियोजना हो ।
सरकारले यस कोषको ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा सार्ने निर्णय गरेको छ । बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोडमा १ अर्ब ७५ करोडसमेत थप गरी १० अर्ब रुपैयाँ विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने समेत निर्णय गरेको छ । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रारम्भिक अनुमानभन्दा निकै बढी स्रोत आवश्यक पर्ने देखिएकाले विपद् व्यवस्थापन कोषमा सहयोग उपलब्ध गराउन व्यक्ति, संघसंस्थाका साथै मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई पनि अपिल गरेको छ ।
प्रतिक्रिया