(Thursday , 16 April,2026)

रुकुम पश्चिम र जाजरकोटमा तत्काल ५/५ करोड रुपैयाँ पठाउने निर्णय

संवाददाता

संवाददाता

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको हो । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ । 

सूचना अधिकारी अधिकारीका अनुसार हालसम्म जाजरकोटमा ९५ र पश्चिम रुकुममा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै जाजरकोटमा १ सय ५० र रुकुममा १ सय ४४ जना घाइते भएका छन् । घाइतेमध्ये सुर्खेतमा १५ र नेपालगञ्जमा १९ जनाको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ । शुक्रबार राति आएको विनासकारी भूकम्पबाट क्षति भएको स्थानमा खोज/उद्धार र राहत व्यवस्थापनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका संयन्त्र खटिएका छन् ।

 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal